close

भलिबल खेलमा सैनिक मावि प्रथम स्थानमा

भलिबल खेलमा सैनिक मावि प्रथम स्थानमा

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाको आयोजनामा भएको भलिबल प्रतियोगितामा सैनिक आवसीय विद्यालय प्रथम भएको छ । बिहिबार नगरपालिकाको वडा नम्बर दुई स्थित शहिद स्मृति खेलमैदानमा भएको खेलमा सो विद्यालय प्रथम भएको हो । 

यसैगरी श्री पद्म माध्यमिक विद्यालय द्वितीय , ख्वप माध्यमिक विद्यालय र बागीश्वरी माध्यमिक विद्यालय तृतीय भएको नगरपालिकाले जनाएको छ ।   छात्रतर्फ सैनिक आवसीय माध्यमिक विद्यालयका जर्सी नं ९ का अनिल बगाले उत्कृष्ट खेलाडी  छनोट भएका छन् ।
 
 त्यस्तै भलिबल छात्रातर्फ को खेलमा सैनिक आवसीय महाविद्यालय प्रथम, बागेश्वरी माध्यमिक विद्यालय द्वितीय र ख्वप माध्यमिक विद्यालय र बासु माध्यमिक विद्यालयले तृतीय भए ।  छात्रातर्फ सैनिक आवसीय माध्यमिक विद्यालयका जर्सी नं‍ ३ का स्मृति थापा उत्कृष्ट खेलाडी छनोट भएको नगरपालिकाले जनाएको छ ।