close

देवचुलीमा अनिवार्य खेलकुद क्लब सुचिकृत गर्नुपर्ने

देवचुलीमा अनिवार्य खेलकुद क्लब सुचिकृत गर्नुपर्ने

Trulli
ADVERTISEMENT

नवलपरासी पुर्वको देवचुली नगरपालिकामा नगरभित्र रहेका सबै खेलकुद सम्बम्धी क्रियाकलाप गर्ने क्लब र संस्था अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । 

नगरपालिकाको खेलकुद विकास समितिले बिहिबार एक सुचना जारी गर्दै नगरपालिकामा खेलकुद प्रतियोगिता संचालन गर्न र भाग लिन अनिवार्य संस्था दर्ता गराएकाे हुनुपर्ने जनाएको छ ।

नगरपालिकाको खेलकुद विकास ऐन, २०७८ मा खेलकुद क्लब अनिवार्य सुचिकृत गर्नुपर्ने व्यवस्था छ ।त्यसैले समितिले तोकिएको कागजात सहित नगरपालिकाको खेलकुद विकास समितिमा सुचना जारी भएकाे एक हप्ताभित्र उपस्थित हुन खेलकुद सम्बन्धी कृयाकलाप गर्ने क्लबलाई निर्देशन दिएको हाे ।