काठमाडौं । इटालियन सिरी ए’मा युभेन्ट्स विजयी भएको छ । युभेन्ट्सले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गरेको हो ।
युभेन्ट्सको जितमा खेलको ५२औं मिनेटमा एड्रिएन राविओट र ८४औं मिनेटमा निकोलो फाजिओलीले गोल गर्दै युभेन्ट्सको २–० को जित पक्का गराए ।
यस जितसँगै युभेन्ट्स १३ खेलबाट २५ अंक जोडेर पाँचौं स्थानमा उक्लदा पराजित इन्टर २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।