काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकपमा नेदरल्याण्ड्ससँग दक्षिण अफ्रिका पराजित भएको छ ।
समूह चरणको अन्तिम खेलमा १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १४५ रनमात्र बनाउन सक्यो ।
यससँगै पाकिस्तानलाई फाइदा भएको छ । केहीबेरमा हुने प्रतियाोगितामा बंगलादेशलाई हराउन सके पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ भने दक्षिण अफ्रिकाको सेमीफाइनल पुग्ने समिकरण कठिन बनेको छ ।