काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकपमा इंग्याण्डले आज जित्नै पर्ने दबावका बीच श्रीलंकाको सामना गर्दैछ । आज हुने खेलमा दिउँसो १:४५ बजे श्रीलंका र इंग्याण्ड खेल्दैछन् ।
सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ५ खेलमा ७ अङ्ककासाथ शीर्षस्थानमा छ । समान खेलमा ७ अङ्क नै भएको अस्ट्रेलिया दोस्रो स्थानमा छ भने इंग्याण्डको ४ खेलबाट ५ अंक छ ।
आजको खेलमा इंग्याण्डले जित हासिल गरेमा रनरेटका आधारमा सेमिफाइनलमा स्थान बनाउछन् भने पराजित भएमा अस्ट्रेलियाले सेमिफाइनलमा प्रवेश गर्नेछन् ।