close

पीएम कप : आज दुई खेल जारी

पीएम कप : आज दुई खेल जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज बिहीबार दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९:३० बजे सुरु भएको हो । ताजा अपडेटअनुसार लुम्बिनीले ३१ ओभरमा ३ विकेटको क्षतिमा १३० रन बनाएको छ । 

मुलपानी खेल मैदानमा हुने खेलमा मधेश प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुँदैछ । । ताजा अपडेटअनुसार मधेशले १८ ओभरमा ३ विकेटको क्षतिमा ७१ रन बनाएको छ । 

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।