close

म्यानचेस्टर युनाइटेडको जित

म्यानचेस्टर युनाइटेडको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

युनाईटेडको जितमा मार्कुस राषफोर्डले निर्णायक गोल गरे । उनले खेलको ३८औं मिनेटमा एरिक्सनको पासमा हेडरमार्फत गोल गरेका थिए । युनाईटेडका लागि राषफोर्डको यो १००औं गोल हो ।

यस जितसँगै युनाइटेड १२ खेलबाट २३ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम १४ अंक जोडेर १३औं स्थानमा छ ।