close

बार्सिलोनाको सहज जित

Trulli
ADVERTISEMENT

काठमाडौं । आइतबार राति सम्पन्न स्पेनिस ला लिगाअन्तर्गतको खेलमा  बार्सिलोनाले सानदार जित निकालेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएको हो ।

आइतबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा औसमाने डेम्वेले, सर्जी रोबर्टो, रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले गोल गरे । 

जितसँगै बार्सिलोनाले रियलसँगको अंक दूरी ३ मा छोट्याएर रियलमाथि दवाव बढाएको छ ।