close

नवौं राष्ट्रिय खेलकुद : सरस्वती चौधरीले जितिन् कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : सरस्वती चौधरीले जितिन् कीर्तिमानसहित स्वर्ण

Trulli
ADVERTISEMENT

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

चौधरीले  निशा चौधरीको रेकर्ड तोड्दै सो कीर्तिमान रचेकी हुन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् र उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेण्ड समय सहित कास्य जितिन् ।