काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार भएको खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
यस अघि छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो । यस हारसँगै नेपालको यू-१७ एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ । समूह 'एफ' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ ।