काठमाडौं । न्युजिल्याण्डमा जारी त्रिदेशीय टी-२० सिरिज अन्तर्गतको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ ।
क्राइसचर्चमा शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई २१ रनले हराएको हो । पाकिस्तानले दिएको १६८ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनायो ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६७ रन बनाएको थियो । सिरिजअन्तर्गत दोस्रो खेलमा शनिबार पाकिस्तान र घरेलु टोली न्युजिल्याण्डबीच हुनेछ ।