close

भारतमाथिको निलम्बन फुकुवा : साफ च्याम्पियनसिप खेल्न पाउने

भारतमाथिको निलम्बन फुकुवा : साफ च्याम्पियनसिप खेल्न पाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले गत साउन ३० गते भारतमाथि निलम्बन गरेको थियो । ब्यूरो अफ फुटबल काउन्सिलले एआइआइएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको फिफाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

दैनिक कार्यसञ्चालनका लागि एआइएफएको पुरानै समितिलाई दिने पक्का गरेसँगै फिफाले निलम्बन फुकुवा गरेको हो । 

फिफाले यसअघि नै पटक पटक चेतावनी दिए पनि विधानविपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो ।

यससँगै यसै महिना दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारतलाई बाटो खुलेको छ । 

साफ च्याम्पियनसिपको साविक विजेता समेत रहेको भारतलाई अब उपाधि रक्षाको मौका मिलेको छ । भदौ २१ देखि असोज ३ गते सम्म हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहनेछ ।