close

आर्सनल इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

आर्सनल इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

Trulli
ADVERTISEMENT

काठमाडौं । लगातार तेस्रो जीतसहित आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लएको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले पराजित गरेको हो ।

आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनले खेलको ११ औँ मिनेटमा एक गोल थपे ।

त्यस्तै खेलको ५४ औँ मिनेटमा सालिबाले गोल गरेपछि आर्सनल ३–० गोलले विजयी भयो । आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमाउथ ३ अङ्कका साथ १४औँ स्थानमा छ ।