close

फ्रेन्च लि वानमा पिएसजीको सानदार सुरुवात

फ्रेन्च लि वानमा पिएसजीको सानदार सुरुवात

Trulli
ADVERTISEMENT

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले दुई गोल र एक असिस्ट तथा ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुवात गरेको छ ।

गएराति सम्पन्न नयाँ सिजनको पहिलो खेलमा पीएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित दर्ता गरेको हो । अर्को १-१ गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसको नाममा रह्यो ।

एकपक्षीय जस्तै भएको खेलमा पीएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । जितसँगै पीएसजीले महत्त्वपूर्ण ३ अंक जोडेको छ । अर्को खेलमा मोनाको र लियोनले पनि विजयी सुरुवात गरेका छन् ।