काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डमाथि नेपालले सानदार जित दर्ता गरेको छ । नेपालले स्कटल्यान्डमाथि ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसीय र टि-२० दुवैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन । जितको लागि १४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।
यो जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपालले अब शनिबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ ।