close

भोलिदेखि खुला तेक्वान्दो प्रतियोगिता

भोलिदेखि खुला तेक्वान्दो प्रतियोगिता

Trulli
ADVERTISEMENT

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २२ जिल्लाका करिब ६०० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुने छ । ग्योरोगीको पुरुषमा १३ तथा महिलामा ११ गरी जम्मा २४ स्पर्धा छन् । पुम्सेमा विभिन्न उमेरसमूहमा पुरुष/महिलामा ३–३ गरी ६ एकल स्पर्धा समावेश छन् ।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।