close

रोशीमा प्रजातन्त्र दिवस : पहिलो दिन झण्डोत्तोलन, दोस्रो र तेस्रो दिन दीप प्रज्वलन

रोशीमा प्रजातन्त्र दिवस : पहिलो दिन झण्डोत्तोलन, दोस्रो र तेस्रो दिन दीप प्रज्वलन

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर आज झण्डोत्तोलन गरेको छ । भोलि र पर्सि दुई दिन दीप प्रज्वलन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्राङ्गणमा आज गाउँपालिका अध्यक्ष झण्डोत्तोलन गरेका हुन् । 

झण्डोत्तोलन गर्दै गाउँपालिका अध्यक्ष लामाले प्रजातन्त्र घोक्ने मात्र नभएर जनतालाई सुख दिने व्यवस्था भएको बताएका छन् । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले प्रजातन्त्र स्थापनामा ज्यान गुमाउनुहुने शाहीदहरुको सपना साकार पार्न लाग्नुपर्ने बताएका छन् ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, रोशी-११ का वडाध्यक्ष लाल कुमार पाख्रिनलगायत कर्मचारीहरुको उपस्थिति रहेका थिए ।