सोलुखुम्बु– महाकुलुङ गाउँपालिकाले क्षयरोगसहितका रोगहरु पहिचानका गर्न घुम्ती शिविरको आयोजना गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा बिहीबारदेखि आयोजना गरेको शिविर एक हप्तासम्म जारी रहनेछ ।
शिविरबारबाट क्षयरोगका बिरामीहरु पहिचान गर्न, स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका तथा मधुमेहका बिरामीलाई सेवा पुग्ने गाउँपालिका स्वास्थ्य शाखा संम्योजक हरि प्रसाद आचार्यले जानकारी दिए ।
शिविरमा जनप्रतिनिधिसहित पालिका स्वास्थ्य हरिप्रसाद आचार्य, ल्याप टेक्निसियन रुपेश कुमार यादव, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु लगायत उपस्थित छन् ।