नवलपुर- कावासोती नगरपालिका–१० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह भइरहेको सूचनाको आधारमा प्रहरीले बेहुलासहित ५ जनालाई पक्राउ गरेको छ ।
बालिकाको जबरजस्ती विवाह गराइएको सूचना पाइएपछि प्रहरीले मण्डपबाटै बेहुलासहितका अभियुक्तलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । उनीहरूलाई मुलुकी फौजदारी अपराध संहित २०७४ को दफा १७३ बमोजिम अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।
उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।