close

विराटनगर आगलागी : मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर आगलागी : मृत्यु हुनेको संख्या ३ पुग्यो

Trulli
ADVERTISEMENT

मोरङ- विराटनगर महानगरपालिका–७ स्थित कबाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । 

बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । 

उनले पासवानको घटनास्थलमा नै मृत्यु भएको तथा मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा तथा कामतको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए । 

आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि लगिएको हो । उक्त आगो ६ वटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो ।