८ बजेको अपडेट : भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुग्यो
जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको ६.४ म्याग्नेच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।
भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हालसम्म २७ जनाको सनाखत हुँदा १५ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ