close

दशैँमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट

दशैँमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट

Trulli
ADVERTISEMENT

बझाङ–  जयपृथ्वी अस्पताल चैनपुरको फार्मेसीमा कार्यरत एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । फार्मेसीमा कार्यरत एक स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्काले डाक्टरको सल्लाह बिना औषधि दिन नसकिने भनेपछि उनीमाथि अभद्र व्यवहारसँगै कुटपिट भएको बताइएको छ ।

दशैँ बिदामा पनि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । जयपृथ्वी नगरपालिका १० चैनपुरका सुदीप सुनारलयायतले प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधि मागेका थिए । सोही औषधि नदिँदा खड्कामाथि गाली गर्नुका साथै हातपात भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार अभियुक्त सुदिप र सन्तोष कुँवरलाई नियन्त्रणमा लिइएको छ ।