कैलाली- धनगढी उपमहानगरपालिकाले हालसम्म ३८ घरपरिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराएको छ ।
दाहसंस्कारबापत प्रतिपरिवार पाँच हजार दिने उपमहानगरको कार्यापालिका बैठकले निर्णय गरेपछि उपलब्ध गराउँदै आएको छ । सोही निर्णयलाई कार्यान्वयन गर्दै एक महिनामा गरी ३८ परिवारलाई एक लाख ९० हजार रुपैयाँ उपलब्ध गराइसकेको उपमहानगरले जनाएको छ ।
साथै धनगढी उपमहानगरपालिकाले विपन्न नागरिकको अन्तिम संस्कारका लागि निःशुल्क शववाहन सेवा पनि उपलब्ध गराउँदै आएको छ । सोमबार मात्रै धनगढी–९ का दिलबहादुर पार्कीको निधन भएको थियो। उपमहानगरले उनका परिवारलाई सलामीसहित पाँच हजार नगद हस्तान्तरण गरेको छ।