काठमाडौं- काठमाडौँ महानगरपालिकाले दशैँ तथा तिहारको बिदामा कार्यालयको नाममा रहेको कुनै पनि सवारी साधन सञ्चालन नगर्न, नगराउन अनुरोध गरेको छ ।
महानगरपालिकाले बिहीबार एक सूचना प्रकाशन गर्दै सरसफाइमा प्रयोग हुने र नगर प्रहरीको ड्युटीबाहेक कार्यरत कर्मचारीहरूले प्रयोग गरिरहेका कार्यालयको नाममा दर्ता भएका कुनै पनि सवारी साधन सञ्चालन नगर्नु भनेको छ ।
बिदाको समयमा अत्यावश्यक काममा सवारीसाधन प्रयोग गर्नु परे महानगर क्षेत्रभन्दा बाहिर सञ्चालन नगर्न अन्यथा कारबाही गर्ने चेतावनी दिएको छ ।