close

सुस्तावासीले अब भारतीय बाटो प्रयोग गर्नु नपर्ने

सुस्तावासीले अब भारतीय बाटो प्रयोग गर्नु नपर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं- सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नुपर्ने बाध्यता सकिने भएको छ । 

नवलपरासीबाट निर्वाचित सांसद विनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्तावासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन् ।

सामाजिक सञ्जाल टविटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदी पारीको सुस्तामा उभिएर बोल्दैछु । पृष्ठभुमिमा नारायणी नदीमाथि बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफनो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय  बाटो प्रयोग गर्नुपर्ने सुस्तावासीको बाध्यता अन्त्य हुँदैछ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आउने मलाइ विश्वास छ ।’ 

उनले सो पुलले भुगोलमात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन् ।