close

जसले उद्धार गर्‍यो उसैलाई ४० हजार सहयोग

जसले उद्धार गर्‍यो उसैलाई ४० हजार सहयोग

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा- जनउद्धार सेवा समितिले ओखलढुङ्गाका राजन कार्कीको अभिभावक्व लिई उच्चशिक्षासम्म सहयोग गरेको धेरै भएको छैन । जनउद्धारकै सहयोग तथा संरक्षणले गर्दा आज उनी अष्ट्रेलियामा पढ्दैछन् । 

सानै उमेरमा आमाबुवा गुमाएका राजनका लागि जन उद्धार सेवा समिति अभिभावक मात्रै होइन, जिवनको सारथी पनि हो । आज उनै राजनले अष्ट्रेलियबाट जनउद्धारलाई ३३औं स्थापना दिवसको अवसर पारेर ४० हजार रुपैयाँ सहयोग गरेका छन् । उनले संस्थामा रहेका  भाइबहिनीका लागि नेपाली ४० हजार रुपैंया सहयोग समेत गरे । आफूजस्तै अरुले पनि सहज र सरल रुपमा अध्ययन अध्यापन र जिवनयापन गर्न पावस् भन्ने उनको उद्धेश्य रहेको छ ।

२०४७ सालमा स्थापना भएको जन उद्धार सेवा समितिले राजन जस्तै दर्जनौ अनाथ र असहाय बालवालिाकह्रुलाई अध्ययन, खानपान र बसोबासको प्रबन्ध गरिरहेको छ । हाल संस्थामा १८ जना आवासीय छाञ–छात्रा बसिरहेका जनउद्धार सेवा समितिले जनाएको छ । नेपालको हुम्ला,जुम्ला, कालिकोट, मुगु, डोल्पा लगायतका बिभिन्न जिल्लाहरूबाट जनउद्धार सेवा समितिको टेकु पचलीस्थित बालआश्रममा साहारा लिइरहेका छन् ।

यस संस्थाका संरक्षक राजकुमार कुवरको निरन्तरको मिहेनत प्रयास र पहलबाट समितिले बालवालिकाको पालनपोषण तथा संरक्षण गर्दै आइरहेको छ । मन बचन र कर्मले सेवा गरौ भन्ने नारासहित अघि बढिरहेको समितिलाई विभिन्न मनकारी दाताहरुको साथ र सहयोग भने रहँदै आएको छ ।