close

फेरि सुदूरपश्चिममा भूकम्प

फेरि सुदूरपश्चिममा भूकम्प

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुला पारी भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । 

भूकम्प धक्का महशुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।