close

भाटेखोला केन्द्रविन्दु भएर फेरि भूकम्प

भाटेखोला केन्द्रविन्दु भएर फेरि भूकम्प

Trulli
ADVERTISEMENT

बझाङ केन्द्रविन्दु बनाएर आज ५.३ म्याग्नेच्युडको भूकम्प गएको छ ।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार मध्यान्ह ११:४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

गत मंगलबार दिउँसो २:४० मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो भने त्यसको लगत्तै आधा घण्टा नबित्दै अर्को ६.३ म्याग्नेच्युडको झन् ठूलो भूकम्प गएको थियो । 

सो भूकम्पपछि बझाङ आसपास केन्द्रविन्दु बनाएर लगातार १०० भन्दा धेरै पराकम्प गएका छन् ।