close

काम गर्ने कर्मचारी नै आन्दोलित हुँदा ६ पालिकाका स्थानीय मारमा

काम गर्ने कर्मचारी नै आन्दोलित हुँदा ६ पालिकाका स्थानीय मारमा

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै रुकुम पश्चिममा स्थानीय तहका कर्मचारीहरू अनिश्चित कालीन ‘पेन डाउन’ गरेर आन्दोलित बनेका छन् । 

जिल्लाका ६ वटै स्थानीय तहका कर्मचारीहरू विभिन्न मागहरू राखेर आन्दोलनमा उत्रिएका हुन् । शुक्रवार उनीहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर हातमा कालो पट्टी बाँधेर पेन डाउनमा गरेका हुन् । 

उनीहरूले आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहलाई ज्ञापन पत्र बुझाएर आन्दोलन सुरु भएको हो । देशैभर अनिश्चितकालीन पेनडाउन कार्यक्रम अन्तर्गत रुकुम पश्चिमको आठबिसकोटमा सबै सेवा प्रवाह अवरुद्ध भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताए ।

जिल्लाको बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, मुसिकोट नगरपालिका चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकामा नगरपालिका अनिश्चित कालका लागि सेवा अवरुद्ध भएको बताइएको छ ।