close

नेपालगन्ज उपमहानगरमा कर्फ्यु

नेपालगन्ज उपमहानगरमा कर्फ्यु

Trulli
ADVERTISEMENT

बाँके- नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाइएको छ । कर्फ्यु आज बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताएका छन् । 

उनका अनुसार नेपालगन्ज उपमहानगर पूर्वमा राप्त नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने र एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइँदैन । 

केही समयदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच असमझदारी बढेपछि प्रशासनले स्थिति नियन्त्रण लिनका लागि सेना परिचालनदेखि कर्फ्युसम्म लगाउँदै आएको छ ।