close

गाउँपालिका उपाध्यक्षका बुबाको निधनमा शोक बिदा

गाउँपालिका उपाध्यक्षका बुबाको निधनमा शोक बिदा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- आठराई त्रिवेणी गाउँपालिकाले जनप्रतिनिधिको बुबाको निधनमा पालिकाभर शोकबिदा दिएको छ । 

उपाध्यक्ष शान्ताकुमारी आङबुहाङका बुबा दिलबहादुर आङबुहाङको गत असोज ९ गते मृत्यु भएको भन्दै गाउँपालिकाभर शोक बिदा दिएको हो ।

गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आजका लागि पालिकाको सबै प्रशासनिक कार्यालयसँगै सबै शैक्षिक संस्था बन्द रहने जनाएको छ । सँगै स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले जानकारी दिए ।