पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोकले आज शोक बिदा दिएको छ ।
भदौं ३० गते मोटरसाइकल दुर्घटनामा परी उद्यम विकास सहायक समिर दोङको दिधन भएको हुँदा गाउँपालिकाले आज पालिकाभित्रका सबै कार्यालयमा बिदा दिएको हो ।
दोङको सम्मानमा गाउँपालिकाभिका सबै सरकारी तथा गैह्रसरकारी कार्यालय, शैक्षिक संस्था र इमर्जेनसीबाहेक स्वास्थ्य संस्थासमेत बन्द गरिएको छ ।
गत शनिबार गाउँपालिका-९ चौतारामा दोङ सवार मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको गाउँपालिकाले जनाएको छ ।