गुल्मी। मालिका गाउँपालिकामा लैङ्गिक अनुपात ८४.३९ पुरुष प्रति १०० महिला रहेको छ। राष्ट्रिय जनगणना २०७८ काे तथ्याकंअनुसार मलिकामा महिला र पुरुषको जनसंख्यामा ठूलो अन्तर देखाएको हो ।
जनगणनाको नतिजाअनुसार मालिकामा कुल २० हजार ७५ जनसंख्या छ। जसमध्य महिला ५४.२ र पुरुष ४६.८ प्रतिशत छन्। यस्तै मालिकामा पाँच हजार २४१ परिवार बसोबास गर्ने तथ्याकंले देखाएको छ। यस्तै जनघनत्व २१७ प्रति वर्ग किमि छ।
मालिकामा ७७.९ प्रतिशत साक्षर छन् । ८६.२ प्रतिशत पुरुष र ७०.२ प्रतिशत साक्षर रहेका छन्।