धनकुटा । धनकुटामा सञ्चालित महिला पुनःस्थापना सेवा केन्द्रबाट हालसम्म ४ सय ४१ जनाले सेवा लिएका छन्। मंगलबार एक सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सेवा केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम उक्त जानकारी दिएको हो।
सेवा केन्द्रबाट आर्थिक वर्ष २०६९/७० देखि २०७७/७८ सम्म ३ सय ८९ जनाले, गत आर्थिक वर्षमा २९ जना र यस आर्थिक वर्षमा ६१ जनाले सेवा लिएको महिला पुनः स्थापना सेवा केन्द्रकी कोषाध्यक्ष सुमना तिम्सिनाले जानकारी दिए ।
२०६८ सालमा धनकुटामा स्थापना भएको सेवा केन्द्रले हिंसा प्रभावित तथा जोखिममा परेका महिला तथा बालबालिकाहरुको संरक्षण तथा न्यायमा पहुँचका लागि काम गर्दै आएको छ। केन्द्रले एक सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा केन्द्र व्यवस्थापनमा समस्या, चुनौति र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
एक सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर लैङ्गिक समानता बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको निरन्तर भन्ने मुल नाराका साथ ८ मार्च अर्थात बुधबार मनाइदैँ छ।