बाजुरा । आज बिहानै छेडेदह गाउँपालिकाको काँडाक्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ५ बजेर १३ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
बुधबार बिहानमात्र डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । पूर्वीचौकी गाउँपालिकाको-३ गैरागाउँका ६ जनाको मृत्यु भएको हो ।