close

आज पश्चिमी वायुको सामान्य  प्रभाव

आज पश्चिमी वायुको सामान्य  प्रभाव

Trulli
ADVERTISEMENT

काठमाडौं । आज पश्चिमी वायुको सामान्य प्रभावका कारण  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै आज राति पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।