close

निहारिकाको छोरा र आरोपितको डीएनए मिल्यो : चुनावपछि मुद्दाको पेशी

निहारिकाको छोरा र आरोपितको डीएनए मिल्यो : चुनावपछि मुद्दाको पेशी

Trulli
ADVERTISEMENT

धनुषा । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो । २० वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका) ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो ।

विधि विज्ञान प्रयोगशाला काठमाडौंले कात्तिक १८ गते उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको बलात्कार पीडित सिंहका वकिल रिङ्कु यादवले बताए । उनका अनुसार
जिल्ला प्रहरी, सरकारी वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो ।
    
शिवराज साधारण तारिखमा छन् । उनको यही कात्तिक २५ गते तारेख छ । चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गर्दा बसेको गर्भबाट सोनालीले बच्चा भएको आरोप सोनालीले लगाउँदै आएकी छन् । आरोपित शिवराज श्रेष्ठले आफूहरूबीच शारीरिक सम्पर्क भए पनि बच्चा आफनो नभएको दावी गर्दै आएका थिए ।