close

जिल्लाका ६  स्थानीय तहमा आज विदा

जिल्लाका ६  स्थानीय तहमा आज विदा

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व । नवलपरासी पूर्वका ६ स्थानीय तहले हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । 

जिल्लामा रहेका २ स्थानीय तहबाहेकले आज विदा दिएको हो । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक विदा दिएका हुन् ।

जिल्लाकै पिठौली, केउरेनी, शिख्रौली, गुन्द्रही, बालीघाट, त्रिवेणी लगायतका  तीर्थस्थलहरूमा हरिबोधिनी एकादशीको अवसरमा विशेष मेला लाग्ने गर्दछ ।

नारायणी नदी तटीय क्षेत्रमा लाग्ने मेलाहरुमा सांस्कृतिक कार्यक्रमससमेत रहने गरेका छन् । नारायणी नदीमा ठूलो एकादशीका दिन स्नान र पूजाअर्चना गर्न विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।