close

उपराष्ट्रपतिलाई निर्वाचन तयारीबारे जानकारी

उपराष्ट्रपतिलाई निर्वाचन तयारीबारे जानकारी

Trulli
ADVERTISEMENT

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । 

उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र बनाउने चुनौती निर्वाचन आयोगसँग भएको बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीबारे जानकारी गराउन आज अपराह्न उपराष्ट्रपति भवन हरितगृह पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्नु हुँदै उपराष्ट्रपतिले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।  

‘स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसबाट म निकै खुसी भएको छु । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।’

उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए । 

आयुक्त थपलियाले मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी गराउँदै उपत्यका बाहिरका जिल्लामा ढुवानीसमेत भइसकेको जानकारी गराए ।