close

भोलि ६ स्थानीय तहमा सार्वजनिक बिदा

भोलि ६ स्थानीय तहमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं । देशभर रहेका ७५३ स्थानीय तहमध्ये केही स्थानीय तहले हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको छ । 

भोलि (शुक्रबार) हरिबोधिनी एकादशी परेको हुँदा हालसम्म ६ स्थानीय तहले सूचना सार्वजनिक गर्दै विदा दिएको छ । विदा दिने स्थानीय तहमा गुल्मीको रेसुङ्गा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौंको बुढानीलकण्ठ नगरपालिका छन् ।

त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका, नवलपरासीको हुप्सीकोट गाउँपालिका र सिन्धुलीको दूधौली नगरपालिकाले पनि हरिबोधिनी एकादशीको अवसरमा विदा दिएको हो ।