close

बारुद पड्किँदा दम्पती घाइते

बारुद पड्किँदा दम्पती घाइते

Trulli
ADVERTISEMENT

दैलेख । नारायण नगरपालिका–६ भुर्तीमा बारुद पड्किँदा एक दम्पती घाइते भएका छन् । फलामे पाइपमा भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्की र २२ वर्षीया अञ्जु सार्की घाइते भएका हुन् । 

माछा मार्ने विष्फोटक पदार्थ बनाउन लाग्दा घरमै बारुद पड्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । 

घाइते दुवैको उपचार कर्णाली प्रदेश अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।