close

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

अर्घाखाँची । सन्धिखर्कमा निर्माणाधिन विमानस्थलनजिकै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् ।

सन्धिखर्क नगरपालिका–१० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताएका छन्।

घाइतेको बुटवलमा रहेको मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।