काठमाडौं । रोल्पामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
डोल्पा प्रहरी कार्यालयका अनुसार मंगलबार बेलुका साढे ६ बजे गंगादेव गाउँपालिका–५ झाँक्रीसल्ला भन्ने ठाउँमा भीरबाट लडेर अम्मर विकको मृत्यु भएको हो ।
उनी भीरबाट लडेको देख्ने स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घरबाट मामाघर हिँडेका विक बाटोमा भीरबाट १५० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । २२ वर्षका विक सोही वडा नंं ७ आराखोलाका स्थायी बासिन्दा हुन् ।