काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।