काठमाडौं । पर्सामा मंगलबार बिहान भएको सवारी एक युवकको मृत्यु भएको छ ।
मंगलबार बिहान ना ४६ प ३२९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ स्थायी घर भई वीरगञ्ज – ८ मा डेरा गरी बस्ने १९ वर्षीय अनुप राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएर राई गम्भीर घाइते भएका थिए ।