भक्तपुर । चाँगुनारायण नगरपालिकाको ‘एक घर एक धारो’ अभियान घरघरमा धारा पुर्याउन डिप बोरिङ खन्न सुरु गरेको छ ।
नगरपालिका-५ मा रहेको व्रम्हायणी मन्दिरनजिकै बोरिङ खन्ने काम आजदेखि सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार पात्ले वन खानेपानी सुडालका ६०० भन्दाबढी घरधुरी लाभान्वित हुनेछन् ।