close

आमाबुबा नभएका बालबालिकालाई महानगरले मासिक भत्ता दिने

आमाबुबा नभएका बालबालिकालाई महानगरले मासिक भत्ता दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले अभिभावकविहीनको अभिभावकत्व लिने भएको छ । आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई महानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको छ । 

महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भई अरूको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणका लागि मासिक वृत्ति प्रदान गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ । 

महानगरको सामाजिक विभागले जारी गरेको सूचनामा उल्लेख छ,‘महानगरपालिकामा बसोबास गर्ने बुबाआमाविहीन बालबालिका वा निजको संरक्षकले आफू बसोबास गर्ने वडा कार्यालयमा आवश्यक कागजातसहित ३० दिनभित्र सम्पर्क गर्नुपर्ने छ ।’