अर्घाखाँची । भुमिकास्थान नगरपालिका–१ मा ७४ वर्षीय दाजुले ७० वर्षीय भाइको हत्या गरेका छन् ।
भुमिकास्थान नगरपालिका–१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका वीरबहादुर गमालको शव भेटिएको थियो ।
प्रहरीका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।
घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेनको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेली भाइको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । हिमबहादुरलाई पक्राउ गरी यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।