close

मष्टा गाउँपालिकामा आज शोक विदा

मष्टा गाउँपालिकामा आज शोक विदा

Trulli
ADVERTISEMENT

बझाङ । जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । 

पालिकाभित्रका ७ जनाको मृत्यु भएको शोकमा मष्टा गाउँपालिकाले बिहीबार शोक विदा दिएको छ। सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो । 

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीकाअनुसार १५ जना घाइते भएका छन् । 

दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा –२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन् । दु