close

दुर्घटना अपडेट : ७ जनाको मृत्यु, १५ जना घाइते

दुर्घटना अपडेट : ७ जनाको मृत्यु, १५ जना घाइते

Trulli
ADVERTISEMENT

बझाङ । बुधबार भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकाको केन्द्रका लागि छुटेको जीप दुर्घटनामा अरू १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा मष्टा गाउँपालिका वडा नम्बर २ की १३ वर्षकी सम्झना खड्का, २५ वर्षका रोशन खड्का, ११ वर्षका प्रचण्ड खड्का, २८ वर्षकी वसन्ती धामी, ३८ वर्षका वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिका कठायत र मष्टा गाउँपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सेक्युरिटी पदमा कार्यरत झरेन्द्र बोहरा छन् ।